एकाइ २ शिक्षाका विभिन्न दृष्टिकोणहरू २.१ उपयोगितावादी शिक्षाको परिचय र विशेषता २.१. १ उपयोगितावादी शिक्षा - उपयोगमा आउन सक्ने शिक्षालाई उपयोगितावादी शिक्षा भनिन्छ। - प्राप्त शिक्षाको व्यवहारमा लागू गर्नु पर्ने मान्यता उपयोगितावादी शिक्षाको हो। - समस्या समाधान तथा अनुभवलाई प्राथमिकतामा राख्ने शिक्षा। - उपयोगितावादी शिक्षाले सीपमूलक, रोजगारमूलक, व्यवसायमूलक, पेशागत तथा जीविकोपार्जन गर्ने शिक्षामा जोड दिन्छ। - यो Utilitarian School of Thought बाट प्रतिपादित शिक्षाको दृष्टिकोणलाई उपयोगितावादी शिक्षा हो। - उपयोगितावादी सिद्धान्तको वकालत सर्वप्रथम दार्शनिक तथा कानूनविद Jeremy Benham (the father of Utilitarianism) ले सन् १७८९ मा गरे। - उपयोगितावादी शिक्षाको शैक्षिक दृष्टिकोण आनन्दवादी वा सन्तुष्टवादी (Hedonistic Theory) सिद्धान्त मा आधारित छ। - यो शिक्षाबाट समाजलाई पूर्ण रूपमा सन्तुष्टि प्रदान गर्ने सिकाईको सिद्धान्त हो। - उपयोगितावादी शैक्षिक दृष्टिकोणले पाठ्यक्रमको नतिजाबाट प्राप्त खुसी र दुःखका व्यवहार, प्रवृत्तिहरू, दृष्टिकोणहरू, मान्यताहरू र चाहनाहरूको मापन गर्छ। उपयोगितावादी दर...