Posts

Showing posts from May, 2025

कक्षा ११ शिक्षा र विकास एकाइ ३ शिक्षाका विभिन्न परम्परा तथा अभ्यास

एकाइ ३ शिक्षाका विभिन्न परम्परा तथा अभ्यास ३.१ शिक्षामा पारिवारिक परम्परा  - आमाबाबुहरू र तिनिहरूका बच्चाहरू एकै ठाँउमा समुह बनाएर बस्नु परिवार हो। - शिक्षामा पारिवारिक परम्परा भनेको पारिवारिक शिक्षा र पारिवारिक शिक्षाको प्रचलन भनेको हो।  - धेरै वर्ष पहिले देखि परिवारबाट शिक्षा दिने प्रक्रिया शुरु भएकोले यसलाई शिक्षामा पारिवारिक परम्परा भनिएको हो। - पारिवारिक प्रथा, संस्कृति लगायत पारिवारिक सिपबारे आउने पुस्तालाई सिकाउनु पारिवारिक शिक्षा वा परम्परा हुन्। शिक्षामा पारिवारिक परम्पराको महत्तव - घरपरिवारबाट आफ्ना छोराछोरीलाई आफ्नो संस्कृति, प्रथा परम्पराबारे जानकार गराउन - आफ्नो कूल, वंशले परम्पराबाट गर्दै आएको संस्कार बचाएर राख्न - शिक्षित आमाबाबुका छोराछोरी पढाई लेखाई प्रतिलगनशिल बनाउन - आफ्ना पूर्खाहरूले निर्माण गरेका कला-संस्कृति, पेशा-व्यवसायलाई र संरक्षण र सम्बर्धन गर्न - आफ्नो वंश परम्पराको संरक्षण गरि अझ विकसित तथा आकर्षित बनाउन ३.२ समुदाय तथा आश्रममा आधारित शिक्षाको परम्परा १. समुदाय शिक्षा - एउटै जात, धर्म, संस्कार वा मान्यताका मानिसहरुको जमातलाई समुदाय वा सम्प्राय भनिन्...

कक्षा ११ शिक्षा र विकास एकाइ २शिक्षाका विभिन्न दृष्टिकोणहरू

एकाइ २ शिक्षाका विभिन्न दृष्टिकोणहरू २.१ उपयोगितावादी शिक्षाको परिचय र विशेषता २.१. १ उपयोगितावादी शिक्षा - उपयोगमा आउन सक्ने शिक्षालाई उपयोगितावादी शिक्षा भनिन्छ। - प्राप्त शिक्षाको व्यवहारमा लागू गर्नु पर्ने मान्यता उपयोगितावादी शिक्षाको हो। - समस्या समाधान तथा अनुभवलाई प्राथमिकतामा राख्ने शिक्षा। - उपयोगितावादी शिक्षाले सीपमूलक, रोजगारमूलक, व्यवसायमूलक, पेशागत तथा जीविकोपार्जन गर्ने शिक्षामा जोड दिन्छ। - यो Utilitarian School of Thought बाट प्रतिपादित शिक्षाको दृष्टिकोणलाई उपयोगितावादी शिक्षा हो। - उपयोगितावादी सिद्धान्तको वकालत सर्वप्रथम दार्शनिक तथा कानूनविद Jeremy Benham (the father of Utilitarianism) ले सन् १७८९ मा गरे। - उपयोगितावादी शिक्षाको शैक्षिक दृष्टिकोण आनन्दवादी वा सन्तुष्टवादी (Hedonistic Theory) सिद्धान्त मा आधारित छ। - यो शिक्षाबाट समाजलाई पूर्ण रूपमा सन्तुष्टि प्रदान गर्ने सिकाईको सिद्धान्त हो। - उपयोगितावादी शैक्षिक दृष्टिकोणले पाठ्यक्रमको नतिजाबाट प्राप्त खुसी र दुःखका व्यवहार, प्रवृत्तिहरू, दृष्टिकोणहरू, मान्यताहरू र चाहनाहरूको मापन गर्छ।  उपयोगितावादी दर...