कक्षा ११ शिक्षा र विकास एकाइ ३ शिक्षाका विभिन्न परम्परा तथा अभ्यास

एकाइ ३ शिक्षाका विभिन्न परम्परा तथा अभ्यास
३.१ शिक्षामा पारिवारिक परम्परा 
- आमाबाबुहरू र तिनिहरूका बच्चाहरू एकै ठाँउमा समुह बनाएर बस्नु परिवार हो।
- शिक्षामा पारिवारिक परम्परा भनेको पारिवारिक शिक्षा र पारिवारिक शिक्षाको प्रचलन भनेको हो। 
- धेरै वर्ष पहिले देखि परिवारबाट शिक्षा दिने प्रक्रिया शुरु भएकोले यसलाई शिक्षामा पारिवारिक परम्परा भनिएको हो।
- पारिवारिक प्रथा, संस्कृति लगायत पारिवारिक सिपबारे आउने पुस्तालाई सिकाउनु पारिवारिक शिक्षा वा परम्परा हुन्।
शिक्षामा पारिवारिक परम्पराको महत्तव
- घरपरिवारबाट आफ्ना छोराछोरीलाई आफ्नो संस्कृति, प्रथा परम्पराबारे जानकार गराउन
- आफ्नो कूल, वंशले परम्पराबाट गर्दै आएको संस्कार बचाएर राख्न
- शिक्षित आमाबाबुका छोराछोरी पढाई लेखाई प्रतिलगनशिल बनाउन
- आफ्ना पूर्खाहरूले निर्माण गरेका कला-संस्कृति, पेशा-व्यवसायलाई र संरक्षण र सम्बर्धन गर्न
- आफ्नो वंश परम्पराको संरक्षण गरि अझ विकसित तथा आकर्षित बनाउन
३.२ समुदाय तथा आश्रममा आधारित शिक्षाको परम्परा
१. समुदाय शिक्षा
- एउटै जात, धर्म, संस्कार वा मान्यताका मानिसहरुको जमातलाई समुदाय वा सम्प्राय भनिन्छ।
- हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चयन आदि समुदायमा आ-आफ्नो धर्म संस्कृति अनुसारको शिक्षा दिनु समुदाय शिक्षा हो।
- जातजाति अनुसारको पेशा, व्यवसाय जस्तै भाडा बनाउने,कपाल काट्ने आदि, भाषा संस्कृति सँग सम्बन्धित शिक्षा पनि समुदाय शिक्षा अन्तर्गत पर्दछ। 
- विभिन्न समुदायमा समुदायको आवश्यक्ता पुरा गर्नका लागि विद्यालयको स्थापना गरिएको हुन्छ र त्यो समुदायका सबै मानिसहरूको चाहना र आवश्यक्ता अनुसारको शिक्षा दिने व्यवस्था गरिएको हुन्छ।
- समुदायका विद्यालयको शिक्षाको उदेश्य त्यस समुदायका माग अनुसार देशको शिक्षा निति र उदेश्य मिलान गरिएको हुन्छ।

समुदायमा आधारित शिक्षाको महत्व 
- सामाजमा समायोजन हुन 
- संस्कृति संरक्षण गर्न
- खुला रूपमा शिक्षा प्राप्त गर्न
- शैक्षणिक प्रक्रियालाई संगठित गर्न
- नयाँ पुस्तालाई सिप र संस्कृति हस्तान्तरण गर्न
२. आश्रम शिक्षा
- ऋषिमुनिहरूको निवासस्थान, मठ, मन्दिर वा आश्रमबाट दिइने शिक्षा नै आश्रम शिक्षा हो।
- हिन्दु धर्मका मठ-मन्दिर, बौद्ध धर्मका गुम्बा, मुस्लिमका मस्जिद तथा क्रिश्चियनका चर्चमा उनिहरूका धर्म सम्प्रदाय सम्बन्धित शिक्षा दिनु पनि आश्रममा आधारित शिक्षाको रुपमा लिन सकिन्छ।
- यिनिहरूको शिक्षामा धर्मको प्रचार प्रसार लगायत सो धर्म सम्बन्धि नियम कानुनहरूको बारेमा शिक्षा दिइन्छ।
- हिन्दु धर्म अनुसार सम्पूर्ण मानव जीवनलाई चार आश्रममा विभाजन गरीएको छ।
 १. ब्रम्हचार्य आश्रमः जन्मबाट २५ वर्ष सम्मको उमेर जस अनुसार व्यक्तिले गुरुकुलमा शिक्षा प्रप्त गर्दछ।
२. गृहस्थ आश्रमः २५ वर्षदेखि ५० वर्षको उमेर जसलाई घर बसाउने तथा घर व्यवहार गर्ने उमेरको रुपमा लिइन्छ।
 ३. वानप्रस्थ आश्रमः ५० वर्षदेखि ७५ वर्षको उमेर जसलाई जङ्गल प्रस्थानको उमेरको रुपमा लिइन्छ।
४. सन्यास आश्रमः यसलाई मोक्ष प्राप्त गर्ने उमेरको रुपमा लिइन्छ जुन व्यक्तिको ७५ वर्षदेखि १०० वर्षको उमेरलाई मानिन्छ।

आश्रममा आधारित शिक्षाको महत्व 
- अभिभावक अशिक्षित भएमा
- नैतिक अनुशासन र चारित्रिक शिक्षा दिन
- अभिभावकले बालबालिकालाई समय दिन नसकेमा
- धार्मिक मूल्य मान्यता अनुसार जीवन यापन गर्न

३.३ धर्म र परम्परामा आधारित शिक्षाको परम्परा
 - धर्म भनेको आफ्नो आफ्नो समुदाय सञ्चालनको मान्यता, समाज र व्यक्तिको सञ्चालनको नियम र पद्धतिको खाका हो।
- शिक्षामा धार्मिक प्रभुत्वलाई लामो समयसम्म सञ्चालन गरेर प्रथाको रुपमा विकास गरेको शैक्षिक अवस्थालाई परम्परा भनिन्छ।
- बालबालिकालाई परिवारमा शिक्षा दिन सम्भव नहुन थालेपछि शिक्षा दिनको लागि धार्मिक संस्थाहरूको निर्माण गरि धार्मिक संस्थालाई नै शिक्षाको जिम्मा दिइयो।
- विशेष गरि पुर्वेली सभ्यताको शिक्षामा धार्मिक संस्ताहरूको प्रभाव परेको देखिन्छ।
- हिन्दु धर्मका मठ-मन्दिर, बौद्ध धर्मका गुम्बा, मुस्लिमका मस्जिद तथा क्रिश्चियनका चर्चमा उनिहरूका धर्म सम्प्रदाय सम्बन्धित शिक्षा दिनुको साथै साधारण शिक्षा पनि प्रदान गरिन्छ।
- पश्चिमेली शिक्षा धर्म र परम्पराबाट बढि प्रभावित भएको पाइन्छ। चर्चका clergyman धार्मिक नेतृत्व लिएका हुन्थे र उनिहरूका अनुसार शिक्षा संचालन हुन्थ्यो।

धर्म र परम्परामा आधारित शिक्षाको महत्व 
- धर्मलाई जीवनको आचरणको रुपमा स्वीकार गर्न 
- धर्म र परम्परालाई भावी पिँढीमा हस्तान्तरण गर्न 
- नैतिक चरित्र र अनुशासनको विकास गर्न 
- धार्मिक पाठशालाको समुचित प्रयोग गर्न 

३.४ आम शिक्षा तथा विद्यालय शिक्षा
१. आम शिक्षा 
- "सबैका लागि शिक्षा" लाई आम शिक्षा को रुपमा लिन सकिन्छ। 
- यो जनतालाई राज्यले शिक्षा दिनु पर्छ भन्ने मान्यतामा आधारित हुन्छ।
- राज्यले व्यक्तिमा निश्चित व्यवहार र आचरणको विकास गर्न एउटा साधनको रुपमा विद्यालयको स्थापना हुँदा आम शिक्षाको विकास भएको हो। 
- राज्यले आवश्यक्ता अनुरूपको जनशक्ति तयार पार्न आम शिक्षामा आधारित विद्यालयको स्थापना गर्यो। 
- औद्योगिक क्रान्तिसँगै दक्ष जनशक्ति उत्पादन गर्नको लागि आम शिक्षको ठूलो भूमिका रहेको छ। 
- धार्मिक शिक्षा पछि विकास भएको अवधारणा आम शिक्षा हो। 
आम शिक्षाका अवधारणा 
- शिक्षामा सबैले अवसर पाउनुपर्छ। 
- शिक्षालाई आधारभूत आवश्यक्ता को रुपमा लिनुपर्छ। 
- मुलुकले आफ्नो आर्थिक र सामाजिक क्षमता आधारमा शिक्षा प्रदान गर्नुपर्छ। 
- प्राविधिक तथा जिवनोपयोगी शिक्षामा आधारित शिक्षा हो। 
- शिक्षा जनताको पक्षमा हुनु पर्छ। 
आम शिक्षाका विशेषताहरू 
- राज्य द्वारा योजना र नियन्त्रण गरिएको अनिवार्य शिक्षा
- राज्यको आवश्यक्तामा आधारित शिक्षा
- महिलालाई पनि पुरुष सरह शिक्षा प्रदान
- शिक्षामा आधारभूत र उच्च गरि तहगत संरचना
- आधारभूत शिक्षा साधारण र व्यावसायिक शिक्षामा विभाजित
- समाजमा वर्गीय विभाजन गरेको

२. विद्यालय शिक्षा
- फुर्सदको समयमा नैतिक शिक्षा दिने मान्यताबाट विद्यालय शिक्षाको शुरूवात भएको छ।
- मानव सभ्यताको पहिलो विद्यालयको रूपमा प्लेटोको Ideal State को परिकल्पना Plato Academy लाई लिईन्छ ।
- प्लेटोको यस विद्यालयलाई मानव सभ्यताको पहिलो विद्यालयको रूपमा लिएको पाइन्छ।
- ग्रिसलाई शिक्षा र विकासको उत्पत्तिस्थल मानिन्छ भने रोमले यसमा थप विकास गरेको पाइन्छ।
- रोमनहरूले ग्रिसेली दासहरू द्वारा आफ्ना बालबालिकालाई अनौपचारिक रुपमा शिक्षा दिने शुरूवात गर्यो जुन पछि गएर विद्यालयको रूपमा स्थापित भयो।
- समयको अन्तरालमा विद्यालय शिक्षा तहगत र श्रेणीगत रुपमा पाठ्यक्रम तथा पाठ्यपुस्तक, विभिन्न शिक्षण विधि, मूल्याङ्कन आदिको आधारमा सञ्चालनमा आयो।
- नेपालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले थापाथली दरबारमा बेलायती शिक्षकद्वारा आफ्ना भाइभरदारका छोरा छोरी लाई शिक्षा दिन औपचारिक रूपमा विद्यालयको स्थापना गर्यो।

३.५ साक्षरता शिक्षा र जीवनपर्यन्त सिकाइ 
३.५.१ साक्षरता शिक्षा 
- जब मानिसले बोलेर वा लिखित भाषा वा चित्र मार्फत आफ्ना विचारहरू अरूलाई सम्प्रेषण गर्ने र यस माध्यमबाट अरूका विचार बुझ्न सक्षम हुन्छ भने यसलाई नै साक्षरता भनिन्छ। 
- UNESCO अनुसार साक्षरता भनेको " विभिन्न परिवेशमा छापिएका वा लेखिएका सामग्रीहरू पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने, निर्माण गर्ने, सञ्चार गर्ने तथा गणना गर्ने क्षमता" हो।
- अनौपचारिक शिक्षा केन्द्र अनुसार साक्षरता भनेको "आफ्नो मातृभाषा वा राष्ट्रिय भाषामा व्यक्तिगत जीवनसँग सम्बन्धित साना र सरल वाक्यहरू बुझी यसलाई पढेर तथा लेखेर अन्यसँग सञ्चार गर्न सक्ने क्षमता" हो। 
साक्षरताको विकास 
- पढाइ लेखाइ तथा अक्षरको आरम्भको आधारमा गरि दुई किसिमको विकास क्रम 
- मेसोपोटामिया, इजिप्ट, इन्डस सभ्यता, मेसो अमेरिका तथा चीनमा आफ्नै किसिमको संख्याको विकास भएको पाइन्छ। 
- मेसोपोटामियाको व्यापार तथा कृषि व्यवसाय कार्यको अभिलेख माटाका चक्कामा तिखा हाडले संकेत राखेर साक्षरताको शुरूवात भएको मानिन्छ ।
- चीनको हाङ्ग वंशकालमा लिखित सुचनाको शुरूवात 1200 ईशापूर्वमा भएको हो। 
- पूर्वप्राचीन तथा प्राचीन कालदेखि ग्रीक सभ्यता बाट अंग्रेजी अक्षरको शुरूवात र रोमबाट स्वर तथा व्यन्जन वर्णको विकास भयो। 
- चौधौं शताब्दीतिर धर्म गुरुहरूले शिक्षा अनिवार्य गर्यो। 
- पन्ध्रौँ शताब्दीमा कागज र छपाइ को शुरूवात भयो। 
- UNO ले सन 1950 को दशकबाट सदस्य राष्ट्रलाई साक्षरता मानव अधिकारको रुपमा शिक्षा अनिवार्य गर्यो। 
- नेपालमा पनि अनिवार्य प्राथमिक शिक्षा, प्रौढ शिक्षा, महिला शिक्षा, दुर शिक्षा जस्ता माध्यमबाट साक्षरता विकास कार्यक्रम सञ्चालन भएको छ। 
साक्षरता शिक्षाको आवश्यक्ता र महत्व 
- पेशागत सीप तथा दक्षताको विकास गर्न
- आधारभूत मानव अधिकारको सुनिश्चित गर्न
- उच्च शिक्षाका लागि आधार प्रदान गर्न 
- आफ्ना विचारहरूलाई लिखित रुपमा सुरक्षित राख्न
- विज्ञान र प्रविधिको विकाससँग सामञ्जस्य कायम गर्न 
- स्वस्थ र सुखी जीवन बिताउन 
- दैनिक समस्या समाधानका लागि सीपको विकास गर्न 
३.५.२ जीवनपर्यन्त सिकाइ 
- जीवनका जुनसुकै उमेरमा आवश्यक्ताका आधारमा सिकिने व्यक्तिको व्यक्तिगत सिकाइ नै जीवनपर्यन्त सिकाइ हो। 
- जीवनपर्यन्त सिकाइका लागि सिकारूको उमेर, सिकाइको समय, सिकाइको विषयवस्तु तथा विधि पूर्वनिर्धारित हुँदैन। 
जीवनपर्यन्त सिकाइका उद्देश्यहरू 
- व्यक्तिको आवश्यक्ताहरू पुरा गर्न आवश्यक सीप र कौशलको विकास गर्नु 
- समाजको बदलिँदो परिस्थिति अनुसार दक्ष जनशक्तिको विकास गर्नु 
- सिकारुका व्यक्तित्वमा समयानुकूल र समानुपातिक विकास गर्नु
- सिकाइलाई सरल र सहज तथा पहुँचयोग्य बनाउनु
- व्यक्तिलाई परिवार, समाज तथा देशको लागि एउटा सभ्य तथा उपयोगी नागरिक बनाउनु। 

जीवनपर्यन्त सिकाइका विशेषताहरू 
- व्यापक र लचिलो 
- सुधार र निर्माणमा सहयोगी 
- जीवनप्रतिको तयारी
- वैज्ञानिक, औद्योगिक तथा व्यावसायिक प्रगतिमा सहयोगी 
- व्यक्तिको चाहनामा आधारित 

जीवनपर्यन्त सिकाइका आवश्यक्ता र महत्व 
- फुर्सदको समयको सहि सदुपयोग गर्न 
- आफ्नो जीवनमा आवश्यक पर्ने शिक्षा हासिल गर्न 
- रोजगारको अवस्था सिर्जना गर्न 
- विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न
- नयाँ ज्ञान, सीप र प्रविधि हासिल गर्न 
- पेसा व्यवसाय सम्बन्धि आवश्यक सीप विकास गर्न 
- शैक्षिक तथा उन्नतिशील समाजको निर्माण गर्न 

३.६ कार्यकुशल सीप र जीवनोपयोगी सीपहरू 
३.६.१ कार्यकुशल सीप
- कुनै पनि व्यक्तिले ज्ञान, सीप तथा व्यवहार प्राप्त गर्नु र त्यसलाई आफ्नो कार्यशैलीमा उतार्नु नै कार्यकुशल सीप हो। 
- कुनै पनि विशिष्ट कार्य जस्तै कम्प्युटर, गाडी चलाउनु, पौडी खेल्नु आदी जस्ता सीप हासिल गर्नु कार्यकुशल सीप हो। 
- कार्यकुशल सीप सिकाईको यस्तो अवधारणा हो जसले व्यक्तिलाई सरल र सहज जीवन यापनका लागि मनोवैज्ञानिक र सामाजिक तहबाट तयार बनाउछ। 

कार्यकुशल सीपका प्रकारहरू 
- आत्म शसक्तिकरण
- समानुभूति
- आलोचनात्मक चिन्तन 
- सृजनात्मक चिन्तन 
- निर्णय निर्माण 
- समस्या समाधान 
- प्रभावकारी सञ्चार 
- अन्तरवैयक्ततिक सम्बन्ध 
- तनाव व्यवस्थापन 
- संवेग व्यवस्थापन 

कार्यकुशल सीप सिकाईका आधारभूत अवस्था 
१. सामिप्यता :- Stimulus and Response 
२. अभ्यास :- व्यवहार वा प्रतिक्रिया दोहोर्याउनु
३. पृष्ठपोषण :- सूचनात्मक तथा सुधारात्मक पक्ष

कार्यकुशल सीप सिकाईका चरणहरू
- सीपको विश्लेषण गर्ने 
- सिकारुका प्रवेश व्यवहारको मूल्याङ्कन गर्ने 
- एकाइगत तत्त्वहरू, सीप वा योग्यताका लागि प्रशिक्षणको व्यवस्था गर्ने
- सीपको व्यवस्था र प्रदर्शन गर्ने 
- आधारभूत सिकाइ अवस्थाहरू प्रदान गर्ने
 
बालबालिकालाई विद्यालयमा सिकाउन सकिने सीपहरू
- बोलीका सीपहरू
- साक्षरता सीपहरू
- सामाजिक सीपहरू
- आर्थिक सीपहरू
- नागरिक सीपहरू
- सञ्चार सीपहरू
- पारिवारिक सीपहरू
- नैतिक सीपहरू
- सांस्कृतिक सीपहरू

३.६.२ जीवनोपयोगी शिक्षा
- मानव जीवनको सुरुवातबाट अन्त्यसम्मका आवश्यक र उपयोगी शिक्षा
- मानिसको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने सम्पूर्ण ज्ञान र सीप प्राप्त गरी तिनको प्रयोग गर्न सक्नु
- मानव जीवनको संरक्षण तथा विकासका लागि चाहिने शिक्षा
- जीवनोपयोगी सीपहरू व्यक्तिको दैनिक जीवनमा आईपर्ने माग र चुनौतीहरूको सामना गर्दै प्रभावकारी रुपमा सामञ्जस्य गर्ने सकारात्मक सक्षम बानी व्यवहार हो। WHO
- वर्तमान समयमा प्राविधिक शिक्षालाई जीवनोपयोगी शिक्षाका रुपमा लिने गरिन्छ।

प्राविधिक जीवनोपयोगी शिक्षाका आधारभूत पक्षहरू
- घरको अर्थतन्त्र
- कृषि तथा मत्स्य कलाहरू
- औद्योगिक कलाहरू
- सूचना तथा सञ्चार प्रविधि
- उद्यमशीलता

WHO का अनुसार जीवनोपयोगी सीपहरू
१. अन्तरव्यक्ति सञ्चार सीप
२. निर्णय गर्ने क्षमता र समालोचनात्मक सीप
३. चुनौती सामना र व्यवस्थापन सम्बन्धी सीप
४. संवेग व्यवस्थापन गर्ने सीप
५. तनाव व्यवस्थापन सीप
१. अन्तरव्यक्ति सञ्चार सीप
 - सम्झौता वा समझदारी 
- समानुभूति विकास
- आपसी सहयोग र सहकार्य 
- बहस पैरवी सीप

मौखिक सञ्चार प्रभावकारी कसरी बनाउने
- दोहोरो सञ्चार गर्ने
- अरूलाई आक्षेप लगाउने गरी नबोल्ने
- नडराई बोल्ने
- अरूको कुरा सुनेर बुझेर मात्र जवाफ दिने
- निशब्द तथा शब्द दुवैको प्रयोग गर्ने

२. निर्णय गर्ने क्षमता र समालोचनात्मक सीप
- निर्णय गर्ने क्षमता तथा समस्या समाधान गर्ने सीप
- समालोचनात्मक सोचाइ
- सिर्जनात्मक चिन्तन
- आत्मज्ञान सीप
३. चुनौती सामना र व्यवस्थापन सम्बन्धी सीप
- आत्मविश्वास तथा आत्मनियन्त्रण सीप
- आत्मजागरण गर्ने सीप
- आत्ममूल्यांकन गर्ने सीप
- लक्ष्य निर्धारण तथा प्राप्ति सम्बन्धी सीप
- आत्मविश्लेसन सीप
४. संवेग व्यवस्थापन गर्ने सीप
- ईर्ष्या, द्वेष तथा रिस नियन्त्रण गर्ने सीप
- दुःख, पीडा तथा वेदना सहन गर्ने सीप
- खुसी तथा दुःख, नाफा तथा नोक्सानी का संवेग नियन्त्रण गर्ने सीप
५. तनाव व्यवस्थापन सीप
- समय व्यवस्थापन सीप
- कामको तिव्रता छुट्याउन सक्ने सीप
- दैनिक कार्य व्यवस्थापन गर्ने सीप

तनाव व्यवस्थापनका उपायहरू
- सकारात्मक सोचाइ
- रूचिका कार्यमा संलग्न
- लक्ष्य निर्धारण र अग्रसरता
- मनोरञ्जन
- पून विचार गर्ने 

Comments

Popular posts from this blog

CITY LIFE VS VILLAGE LIFE

Summary of "Weathers" Grade- 10 Poem

Class 9 Unit 10 Reading II Up Hill Complete Exercise Solution