कक्षा ११ शिक्षा र विकास एकाइ २शिक्षाका विभिन्न दृष्टिकोणहरू

एकाइ २
शिक्षाका विभिन्न दृष्टिकोणहरू
२.१ उपयोगितावादी शिक्षाको परिचय र विशेषता
२.१. १ उपयोगितावादी शिक्षा
- उपयोगमा आउन सक्ने शिक्षालाई उपयोगितावादी शिक्षा भनिन्छ।
- प्राप्त शिक्षाको व्यवहारमा लागू गर्नु पर्ने मान्यता उपयोगितावादी शिक्षाको हो।
- समस्या समाधान तथा अनुभवलाई प्राथमिकतामा राख्ने शिक्षा।
- उपयोगितावादी शिक्षाले सीपमूलक, रोजगारमूलक, व्यवसायमूलक, पेशागत तथा जीविकोपार्जन गर्ने शिक्षामा जोड दिन्छ।
- यो Utilitarian School of Thought बाट प्रतिपादित शिक्षाको दृष्टिकोणलाई उपयोगितावादी शिक्षा हो।
- उपयोगितावादी सिद्धान्तको वकालत सर्वप्रथम दार्शनिक तथा कानूनविद Jeremy Benham (the father of Utilitarianism) ले सन् १७८९ मा गरे।
- उपयोगितावादी शिक्षाको शैक्षिक दृष्टिकोण आनन्दवादी वा सन्तुष्टवादी (Hedonistic Theory) सिद्धान्त मा आधारित छ।
- यो शिक्षाबाट समाजलाई पूर्ण रूपमा सन्तुष्टि प्रदान गर्ने सिकाईको सिद्धान्त हो।
- उपयोगितावादी शैक्षिक दृष्टिकोणले पाठ्यक्रमको नतिजाबाट प्राप्त खुसी र दुःखका व्यवहार, प्रवृत्तिहरू, दृष्टिकोणहरू, मान्यताहरू र चाहनाहरूको मापन गर्छ। 

उपयोगितावादी दर्शनका आधारभूत सिद्धान्तहरू
क) खुशी मात्र एउटा यस्तो चीज हो जसको आन्तरिक मूल्य हुन्छ।
ख) यदि क्रियाहरू सही छन् भने तिनीहरूले खुशीलाई बढावा दिन्छन्, र गलत छ भने तिनीहरूले दुःखलाई बढावा दिन्छन्।
ग) सबैको खुशीको बराबर गणना गरिन्छ।
उपयोगितावादी शिक्षाको विशेषता
- समाज तथा देशको आवश्यक्तामा आधारित शिक्षा प्रदान गर्छ।
- विद्यार्थीको खुशिपनको मापन गरि समाजको लागि नैतिकवान नागरिक उत्पादन गर्छ।
- समाजका संभ्रान्त वर्ग, सम्पन्न परिवार र तिनका परिवारका बालबालिकामा केन्द्रित हुन्छ।
- यो खुशिवाद तथा सन्तुष्टवादको सिद्धान्तमा आधारित हुन्छ।
- यसलाई विश्वले आधुनिक नैतिक दर्शनका रूपमा स्वीकारको छ।
- यो ज्ञानात्मक विकासको शैक्षिक दृष्टिकोण हो। 
- यस दृष्टिकोण अनुसार सम्पन्न वर्गका बालबालिकालाई पढाउदा कुनै किसिमको शुल्क तिर्नु पर्दैनन्। 
- यस्तो किसिमको शिक्षाबाट सन्तुष्टि प्राप्त, आम्दानी गर्न सक्ने, समाजको मान सम्मान प्रदान गर्छ। 

२.२ परिवर्तनकारी शिक्षाको परिचय तथा विशेषता
२.२. १ परिवर्तनकारी शिक्षाको परिचय
- सामान्य अर्थमा सामाजिक परिवर्तन गराउने शिक्षा
- शिक्षा नै समाज परिवर्तनको आधारशिला हो। 
- समाजमा रहेका विविध सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विविधता तथा असमानतालाई परिवर्तन गर्न सक्ने शिक्षा नै परिवर्तनकारी शिक्षा हो। 
- सन् १९५० को दशकबाट शिक्षामा परिवर्तनको शुरूवात भयो र UNESCO ले सन् १९७० को दशकमा "Learning to be" नामक प्रतिवेदन सार्वजनिक गर्यो। 
- परिवर्तनकारी शिक्षाको शुरूवात अमेरिकी समाजशास्त्री प्राध्यापक Jack Mezirow ले सन् १९७८ गरे। 
- Mezirow का अनुसार सिकारू आफैले सिकाइको योजना निर्माण गर्छ र त्यस अनुसार आफ्ना आलोचनात्मक प्रतिक्रियाहरु निर्माण गर्दै सिकाइलाई निरन्तरता दिन्छ। 
- प्रौढहरूलाई आफ्ना रूचि र आवश्यक्ताका आधारमा आफ्ना अनुभवहरूलाई एकिकृत गर्दै स्वतन्त्र चिन्तनको विकास गरी आफू अनुकूलको शिक्षा हासिल गर्न परिवर्तनकारी शिक्षाको प्रयोग गर्न सकिन्छ। 
- समाजका हरेक वर्ग, जातजाति, लिङ्ग, उमेर र क्षेत्रका नागरिकहरूले शिक्षामा समान अवसर पाउनुपर्छ भने परिवर्तनकारी शिक्षाको मान्यता हो। 
- NGO तथा INGO मार्फत विभिन्न किसिमका आर्थिक एवं भौतिक सहयोगबाट परिवर्तनकारी शिक्षा कार्यान्वयनमा ल्याइदैछ। 

२.२.२ परिवर्तनकारी शिक्षाका विशेषताहरू
- औपचारिक शिक्षा विरुद्धको शैक्षिक दृष्टिकोण हो।
- आर्थिक तथा सामाजिक स्तरबाट विपन्न वर्गमा केन्द्रीत शिक्षा हो।
- व्यक्ति तथा सामाजिक परिवर्तन र रूपान्तरणमा आधारित शैक्षिक दृष्टिकोण हो।
- यो समस्या समाधान विधिमा आधारित शैक्षिक दृष्टिकोण हो।
- यसले सामूहिक सिकाइ, सामूहिक अन्तरक्रिया, सहभागीतामूलक क्रियाकलाप र आलोचनात्मक सिकाइमा विश्वास राख्छ।
- यसले समन्यायिक, समतामूलक, समाहित शिक्षालाई निस्पक्ष र पारदर्शी र प्रजातान्त्रिक रुपमा सञ्चालन गर्ने पक्षमा जोड दिएको छ।
- यसलाई समानतावादी धारणा भएको शिक्षाको दृष्टिकोण मानिन्छ।
- यो शैक्षिक दृष्टिकोणले सिकारूको सुख र दुखको मापन गर्ने आधार नैतिकतालाई मान्दछ।
- परिवर्तनकारी सिकाइ समाजबाट पुष्टि भईसकेको नैतिकतामा आधारित सिकाइ हो।

२.३ उपयोगितावादी र परिवर्तनकारी शिक्षा बीच तुलना
उपयोगितावादी शिक्षा
परिवर्तनकारी शिक्षा 

शिक्षाका उपलब्धिलाई प्रयोगमा ल्याउन सकिने शिक्षा 
व्यक्ति, समाज र देशमा परिवर्तन ल्याउन सकिने शिक्षा 

Utilitarian School of Thought बाट प्रतिपादित सिद्धान्त 
Critical Thinking School of Thought बाट प्रतिपादित सिद्धान्त

यो शिक्षाले उच्च वर्गका बालबालिकामा नैतिकता निर्माण गर्ने पक्षभा जोड दिन्छ। 
बिशेसतः प्रौढ शिक्षा मा जोड दिए पनि सबै उमेर समुह का व्यक्तिहरूको सिप विकासमा जोड दिन्छ। 

खुसी प्राप्त गर्न समाजले निर्धारण गरेका नैतिकता प्राप्त गर्नु शिक्षाको मूल उद्देश्य हो। 
समाजले पक्षपाती रुपमा निर्माण गरेका नैतिकता का मानकहरूले विपन्न वर्गलाई सम्बोधन नगरेको भन्दै स्वतन्त्र सिकाइमा जोड दिन्छ। 

यसले समस्या समाधानमा जोड दिन्छ। 
यसले समस्यालाई एउटा स्वभाविक प्रक्रियाको रूपमा लिन्छ। 

यो शिक्षा व्यक्तिको दैनिक आधारभूत आवश्यक्ता सँग जोडिएको हुन्छ। 
यो शिक्षाले आधारभूत आवश्यक्ता भन्दा आधुनिकतालाई बढी महत्त्व दिन्छ। 



२.४ आवश्यक्तामा आधारित शिक्षाको परिचय र विशेषता
२.४.१ आवश्यक्तामा आधारित शिक्षाको परिचय
- सिकारुका आवश्यक्तामा केन्द्रित भई शिक्षा दिनुलाइ आवश्यक्तामा आधारित सिकाइ भनिन्छ।
- यो २१औ शताब्दिको नविन अवधारणा हो जुन सिकारुको शारीरिक, मानसिक, सामाजिक,सांस्कृतिक, आर्थिक आवश्यक्ताको आधारमा शिक्षा दिनु पर्ने मान्यता राख्दछ।
- शिक्षा व्यवहारिक, वैज्ञानिक, उत्पादनमूलक, गुणस्तरीय हुनु पर्छ भन्ने शिक्षाको अवधारणामा आधारित दृष्टिकोण आवश्यक्तामा आधारित शिक्षा हो।
- यस सिद्धान्तको जन्म मास्लोको need theory बाट भएको मानिन्छ।
- बालबालिकाका आवश्यक्ताका आधारमा शिक्षण गर्दा सिकारुहरुमा प्ररणा प्राप्त हुने र सिकाइ पनि व्यवहारिक, सृजनात्मक, प्रयोगात्मक र प्रभावकारी हुन्ॐच।
- विद्यार्थीको विभिन्न आकांक्षाहरूको आधारमा त्यसै अनुरुपको शिक्षा प्रदान गर्नु , विभिन्न उमेर समुहका व्यक्तिलाई कृषि, व्यपार,उद्योग,डकर्मी आदिको ज्ञान सिप उनिहरुको आवश्यक्ताको आधारमा शिक्षा प्रदान गर्नु आदि आवश्यक्तामा आधारित शीक्षाका उदाहरण हुन।

२.४.२ आवश्यक्तामा आधारित शिक्षाको विशेषता
- व्यक्ति, परिवार, समाज र देशको आवश्यक्तामा आधारित शिक्षा हो।
- व्यक्ति, परिवार, समाज र देशको आवश्यक्तामा आएको परिवर्तनसँगै शिक्षामा पनि परिवर्तन आएको छ।
- शिक्षा मानवीय व्यवहारमा परिवर्तन ल्याउने र परिवर्तित व्यवहारको कार्यन्वयन गर्न सक्ने आवश्यक्तामा आधारित शिक्षाको विकास र महत्तव व्यापक बनेको छ।
- यसलाई विशेष शिक्षाको रुपमा पनि लिईन्छ।
- आवश्यक्तामा आधारित शिक्षामा शिक्षण विधी पनि विद्यार्थीको क्षमता र आवश्यक्ता आधारमा फरक फरक हुन्छन्।
- आवश्क्तामा आधारित हुने भएकाले अरु भन्दा बढी प्रभावकारी र दिगो शिक्षाको रुपमा लिने गरिन्छ।
- आवश्यक्ताको बृद्धिसँगै शिक्षामा पनि परिवर्तन हुने हुँदा यसमा सिकाईका विभिन्न चरणहरू हुन्छन्।

२.५ अधिकारमा आधारित शिक्षाको परिचय र विशेषता
२.५.१ अधिकारमा आधारित शिक्षाको परिचय
- UNO को मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि शिक्षालाई अधिकारको रुपमा लिन थालिएको छ।
- शिक्षा प्रप्त गर्नु मानिसको अधिकार हो भन्ने मान्यतालाई अधिकारमा आधारित शिक्षाको अवधारणा मानिन्छ,
- विभिन्न राष्टिय तथा अन्तर्राष्टिय सम्मेलनहरूमा शिक्षालाई मानव अधिकारका रुपमा अगाडि सारिएकोछ। जस्तै जम्टिन सम्मेलनमा Education for All को नारा, Millennium Goals तथा Sustainable Development Goals मा शिक्षालाई प्रथमिकाताका रुपमा अगाडी सारिनु अधिकारमा आधारित शिक्षाको ठूलो वकालत गरेको छ।
- UNO को शिक्षा हेर्ने संस्था UNESCO ले शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हो भन्दै विद्यालय भन्दा बाहिर रहेका लाखौं बालबालिकालाई शिक्षा प्रदान गर्नमा सहयोग गर्दैछ। 

२.५.२ अधिकारमा आधारित शिक्षाको विशेषता
- यसलाई विश्वमा शिक्षाको Holistic Recognized Concept को रुपमा लिइन्छ।
- यसलाई सबैका लागि शिक्षा (Education for All) पनि भन्ने गरिन्छ।
- अधिकारवादी शिक्षाको अनुगमनका कार्य UNO को शिक्षा हेर्ने संस्था UNESCO ले गर्दछ।
- यो मौलिक, प्राकृतिक, जन्मसिद्ध अधिकार प्रप्त गर्न पाउने प्रत्येक मानिसको मानवीय अधिकार हो भन्ने सिद्धान्तबाट प्रेरित शिक्षा हो।
- विश्वका सबै मुलुकहारूमा रहेको विविधताका सबै मानिसहरूले सामाजिक मानमर्यादा, इज्जत, प्रतिष्ठा पाउनु पर्छ।
- हरेक देशको संविधानमा शिक्षालाई अधिकारको रुपमा स्थापित गरेको छ।
- अधिकारवादी शिक्षाको कारणले प्राथमिक तहमा भर्ना हुने, विद्यालय नियमित आउने, तह पुरा गर्ने, विद्यालय छोडेर जाने दरहरूमा कमि आएको छ।
- यो प्रजातान्त्रिक ढाँचामा आधारित शिक्षा पद्धति हो।
- शिक्षा मानिसको नैसर्गिक अधिकारको रुपमा लिइन्छ।

२.६ आवश्यक्तामा आधारित र अधिकारमा आधारित शिक्षाको तुलना
आवश्यक्तामा आधारित शिक्षा
अधिकारमा आधारित शिक्षा

यो सन् १९५० को दशकबाट विकसित भएको शिक्षाको अवधारणा हो।
यो सन् १९४८ विश्वव्यापी मानव अधिकारको घोषणापछि आएको दृष्टिकोण हो।

शिक्षा विकासका लागि २१औ शताब्दीमा विश्वव्यापी रुपमा मान्यता पाएको दृष्टिकोण हो।
शिक्षा विकासका सन्दर्भमा सबै देशहरूमा शिक्षाको विकास गराउने उदेश्यको नयाँ दृष्टिकोण हो। 

सिकारुहारू शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक रुपले फरक फरक हुन्छन र ऊनिहरूको आवश्यक्ता पनि फरक फरक हुन्छन्।
यस विविधताका कारण सिकारुहरूबिच भेदभाव गर्नु हुदैन भने मानव उधिकारले स्थापित गरेको छ।

यस दृष्टिकोणले सिकारूका आवश्यक्तामा जोड दिई ज्ञान सीपको विकास गराउने लक्ष्य बोकेको देखिन्छ।
यस दृष्टिकोणले सबै सिकारुलाई अधिकार प्राप्त गराउने लक्ष्य बोकेको देखिन्छ।

यस दृष्टिकोणले व्यक्तिगत क्षमता अनुसारको कामहरूमा संलग्न हुने, रोजगारी समस्याको समाधान गर्ने उदेश्यबाट प्ररित देखिन्छ।
यस दृष्टिकोणले विशेषतः बालबालिका र महिलाहरू विभेदीकरण गरिनु हुन्न भन्ने उदेश्यबाट प्रेरित भएको देखिन्छ।

आवश्यक्तामा आधारित शिक्षाको दृष्टिकोण विशेषगरी प्रौढहरू तथा यूवाहरूमा केन्द्रित भएको देखिन्छ।
अधिकारमा आधारित शिक्षाको दृष्टिकोण विशेषतः बालबालिकाहरूमा केन्द्रित भएको देखिन्छ। 


२.७ परम्परागत, आधुनिक र प्रगतिवादी शिक्षाको परिचय
क) परम्परागत शिक्षा
- आफ्ना पूर्खाहरूले स्थापित गरेको शिक्षाको मान्यता वा अवधारणालाई परम्परागत शिक्षा भनिन्छ।
- मानव समाजका मुल्य-मान्यताहरू, व्यवहार तथा चालचलनहरू एक पुस्ताबाटअर्को पुस्तालाई हस्तान्तरण गर्नु पनि परम्परागत शिक्षा को मूल उदेश्य हो।
परम्परागत शिक्षाका विशेषता
- सिकारुले आफ्ना परम्परा र संस्कारहरू मौखिक रुपबाट, कण्ठ पार्ने पद्धतिबाट सिक्ने,जान्ने, बुझ्ने र त्यसैअनुसार प्रयोग गरिन्छ।
- विज्ञान र प्रविधिबाट टाढा समाजका चलेका वा चलाइएका धर्म, संस्कृति, मूल्य र मान्यतालाई मात्र प्रयोगमा ल्याइन्छ।
- हरेक जाति र धर्मका मानिसहरूका सिप आउने पुस्ताहरूमा हस्तान्तरण हुन्छ।
- यसमा औपचारिक शिक्षा जस्तो लिखित कार्य वा परीक्षा लिईदैन।
- समाजका ठूलाठालु वा राजा महाराजाको गाथामा आधारुत हुन्छ।
- हरेक जातजातिका आफ्ना मान्यताहरू, संस्कारहरू, धर्महरूको हस्तान्तरण नै परम्परागत सिकाइका आधारहरू हुन्।
ख) आधुनिक शिक्षा
- परम्परागत शिक्षाको परिवर्तित, विकसित तथा उन्नत शिक्षाको दृष्टिकोणलाई आधुनिक शिक्षाको मान्यता वा दृष्टिकोण भनिन्छ।
- समाजको रुपान्तरण सँगै शिक्षामा परिवर्तन हुनु पर्ने कुरा महसुस गरेकाले आधुनिक शिक्षाको अवधारणाको विकास भयो।
- वर्तमान व्यक्ति र समाजको आवश्यक्तामा आधारित प्रचलनमा रहेको शिक्षा आधुनिक शिक्षा हो।
आधुनिक शिक्षाको विशेषता
- परम्परागत शिक्षालाई विस्थापित गरी सुरु भएको नयाँ, विकसित तथा उन्नत शिक्षा 
- सबै मुलुकहरूमा आफ्ना आफ्ना समयका, वातावरणका आधारमा सुरुवात भएको 
- विश्व भरी नयाँ नयाँ सिद्धान्त तथा पद्धतिहरू निर्माण भएको।
- विज्ञान प्रविधिको प्रयोगबाट नयाँ नयाँ विषय, पाठ्यक्रम, शिक्षण विधी तथा मूल्यांकन प्रविधीहरूको विकास भएको।
- सामाजिक आवश्यक्ता र चाहनाले ल्याएको विकसित चरणको शिक्षाको रुपमा रहेको।

ग) प्रगतिवादी शिक्षा
- प्रगतिमूलक, उन्नति प्रगतिका बाटोमा देखिएको शिक्षालाई प्रगतिवादि शिक्षा भनिन्छ।
- प्रगतिवादी शिक्षाको सुरुवात अमेरिकाबाट भएको हो।
- परम्परावादी र आधुनिक शिक्षा भन्दा ज्यादा विकसित र आवश्यक शिक्षाका रुपमा प्रगतिवादी शिक्षालाई हो।
- प्रगतिवादी शिक्षालाई शिक्षा प्रणालीभित्रको शैक्षिक आन्दोलन (Pedagogical Movement) को रुपमा लिईन्छ।
प्रगतिवादी शिक्षाको विशेषताहरू
- गरेर सिक्ने प्रयोगात्मक सिकाईमा जोड
- एकिकृत पाठ्यक्रममा केन्द्रित
- शिक्षामा उद्धमशीलताको एकिकरण
- समस्या समाधानमा विशेष जोड
- घोकन्ते सिकाईको बिरोध
- सहभागिता र सहकार्यमा जोड
- पाठ्यपुस्तकमा कम जोड
-जीवनपर्यन्त सिकाइमा जोड

Comments

Popular posts from this blog

CITY LIFE VS VILLAGE LIFE

Summary of "Weathers" Grade- 10 Poem

Class 9 Unit 10 Reading II Up Hill Complete Exercise Solution